काठमाण्डौ । विश्वका अधिकांश मुलुक कोरोना भाइरसको चपेटामा छन् । विश्व स्वास्थ्य संगठनका प्रमुखले भनिसकेका छन् कि दितीय विश्वयुद्धपछि यो नै सबैभन्दा ठूलो चुनौति हो, जसबाट पूरा विश्व प्रभावित छ । तर, केही देश र केही क्षेत्र अझै पनि यस्ता छन् जहाँ कोरोना भाइरसको संक्रमण पुगेको छैन । 

प्रशान्त महासागरीय द्वीप तुवालु तथा पूर्व सोभियत रिपब्लिक देश तुर्कमेनिस्तानबीचको समानता के हो ? 

यी दुवै क्षेत्र ती देश वा क्षेत्रको सूचिमा सामेल छन्, जहाँ अप्रीलसम्म कोरोना भाइरस संक्रमणको एउटा पनि केस बाहिर आएको छैन, पुष्टि भएको छैन । 
जोन्स हपकिन्स विश्वविद्यालयको ताजा आँकडा अनुसार कोरोना भाइरस विश्वका १८० देश तथा क्षेत्रमा फैलिइसकेको छ । विश्वमा ११ लाख बढी मानिसहरु यो भाइरसबाट संक्रमित भइसकेका छन् । मृत्यु हुनेको संख्या पनि ६० हजार नाघिसकेको छ । तर, २ लाखभन्दा बढी मानिसहरु यस्ता पनि छन्, जो यो भाइरसको संक्रमण भएर पनि निको भए । 

तर, विश्वमा ४० यस्ता ठाउँ छन्, जहाँ हालसम्म कोरोना भाइरसको एउटा पनि केस देखिएको छैन । कमसेकम आधिकारिक रुपमा यो विषयमा कुनै सूचना नआएको रिपोर्टमा उल्लेख छ । 

सीमाहरु बन्द
तर यी क्षेत्रका इलाकाहरुमा किन एउटा पनि कोरोना भाइरसको केस देखिएन त ? यसको के कारण हुनसक्ला ?

धेरै कारणहरुमध्ये एउटा कारण भन्ने हो भने त्यो ती क्षेत्रहरु निकै साना छन्, जहाँ मानिसहरुको जनघनत्व पनि कम छ । 

यदि तुवालुको कुरा गर्ने हो भने यो द्वीप निकै सानो छ । यहाँको आवादी निकै नै कम छ । 

यी ४० ठाउँमध्ये अधिकांश ठाउँ पर्यटकीय क्षेत्रहरु हुन् । हाल अधिकांश देशहरुले हवाई यात्रामा प्रतिबन्ध लगाएका छन्, सीमाहरु बन्द गरेका छन् । जसका कारण सारा विश्वसँग यी क्षेत्रहरुको सम्पर्क विच्छेद भएको छ । 

हालसम्म कोरोना भाइरसको एउटा पनि केस नभेटिएका क्षेत्रको सूचि यस्तो छ: