काठमाण्डौ । कुनै कारोबार वा जीवनमा तपाई कति सफल हुनुुहुन्छ, धेरै मानिसले यसमा राशिको समेत योगदान रहने विश्वास गर्छन् । कारोबारको कुरा गर्ने हो भने कुनै खास राशिका मानिसको सफलताको प्रतिशत धेरै हुनसक्छ, भने कुनै खास राशिको मानिस दोश्रो राशिको तुलनामा कम सफल हुनसक्छन् । त्यसो त यो बिषयमा विश्वभरका धनाढ्यहरुबीचमा सर्वेक्षण समेत गरिएको छ । यस्तो सर्वेक्षण विश्वकै चर्चित फोब्र्स पत्रिकाले समेत गरेको अन्तराष्ट्रिय मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । 
 
यहाँ फोब्र्सले जारी गरेको यही सूचिका आधारमा खासगरी कुन राशिका मानिसहरु अर्बपतिको सूचिमा सबैभन्दा पछाडि छन् भन्ने कुरा बताइएको छ । यो सर्भे विगत १९ वर्षका फोब्र्सका टप अर्बपतिहरुको सूचिलाई आधार मानेर गरिएको बताइएको छ। 
 
यो सूचिमा कर्कट राशिका अर्बपतिहरुको संख्या सबैभन्दा कम ५.९ प्रतिशत मात्र रहेको छ । १५ वर्षको अर्बपतिहरुको लिस्टमा समेत यो राशिका अर्बपतिहरुको संख्या सबैभन्दा कम प्राप्त भएको छ । यहीआधारमा समेत यो राशिका मानिसहरु उति धेरै धनी हुँदैनन् भन्न सकिने रिपोर्टमा दाबी गरिएको छ । तथापि, सर्वेक्षणमा यो पनि प्रष्ट पारिएको छ कि कुनै निश्चित राशिका मानिस मात्र विजिनेशमा सफल हुन्छन् भन्ने अनिवार्य केही हुन्न, यो त उनीहरुको लगनमा भर पर्दछ । 
 
कुन राशिबाट कति अर्बपति ?
कुम्भ १२.५ प्रतिशत
वृष १०.३ प्रतिशत
मकर १० प्रतिशत
सिंह ९.८ प्रतिशत
वृश्चिक ९.२ प्रतिशत
धनु ८.६ प्रतिशत
मिथुन ७.८ प्रतिशत
मीन ६.९ प्रतिशत
कन्या ६.७ प्रतिशत
मेष ६.२ प्रतिशत
तुला ६.१ प्रतिशत 
कर्कट ५.९ प्रतिशत
 
कसरी गरियो सर्भे ?
यो सर्भे सन् १९९६ देखि २०१५ सम्ममा हरेक वर्षका विश्वका टप १०० अर्बपतिहरुलाई समावेश गरिएको थियो । प्रत्येक वर्ष सूचिमा सामेल अर्बपतिहरुको जन्मदिनमा राखिएको नामको आधारमा राशिफल निकालियो । १५ वर्षको सूचिलाई आधार बनाएर सबै राशिको औसत निकालियो । यही आधारमा कुन राशिका मानिस अर्बपतिको सूचिमा सबैभन्दा पछाडि परे भन्ने कुरा समेत हेरियो ।