काठमाण्डौ । ‘पिज्जा’ भन्नेबित्तिक पारखीहरुको मुख नरसाउने कुरै आउँदैन। फरकफरक फ्लेबर भेज र ननभेज पिज्जाको स्वाद लिने नेपाली जमात पनि ठूलै छ ।

नेपालका पाखरीहरुले पिज्जा कतिसम्म तिरेर उपभोग गरेका होलान् ? तर विश्वकै सबैभन्दा महँगो पिज्जाको मूल्य थाहा पाउनुभयो भने सायद मुख खुलाको खुलै हुनेछ ।

अमेरिकाको न्युयोर्कस्थित इन्डस्ट्री किचेन रेस्टुराँमा विश्वकै महँगो पिज्जा तयार हुने गरेको छ । जसको मूल्य प्रतिपिज्जा रु २.५ लाख पर्छ ।

यो पिज्जामा चिल्ली फ्ल्याक्सको ठाउँमा सुनको फ्ल्याक्स हालिन्छ । यो पिज्जा बनाउन इंग्ल्यान्डबाट पनिर र फ्रान्सबाट मासु मगाइन्छ ।

विशेषगरी धनाढ्य पिज्जा सौखिनहरुका लागि सुनको यो पिज्जा बनाइन्छ । यो पिज्जा वुड फायर्ड पिज्जा र सिग्नेचर पिज्जाका नाममा १४ प्रकारका पाइन्छन् । यो सुनको पिज्जाको नाम गिनिज बुक अफ वल्र्ड रेडर्कमा दर्ज भइसकेको छ ।

सुनको पिज्जा बनाउन इन्डस्ट्री किचेनमा विशेष तयारी गरिन्छ । यो पिज्जामा लगाइने तन्तुरी काठको आगोमा सेकर तयार गरिन्छ । त्यसपछि यसमा २४ क्यारेटको सुनको लेप लगाइन्छ र तयार भएपछि महँगा फूलहरुका पातहरुबाट सजाइन्छ ।

यो पिज्जा यति धेरै महँगो भए पनि इन्डस्ट्री किचेनमा खाने जानेहरु भीड भने दैनिक बढ्दै गएको छ । त्यसैले खानपानमा सौखिन धनाढ्याहरुका लागि यो मूल्य खासै महँगो नभएको बताइन्छ । – एजेन्सी