काठमाण्डौ । मोनास र अस्ट्रेलियाको आरएमआईटी युुभिर्सिटीका अनुुसन्धानकर्ताहरुले सिंगल अप्टिकल चिप्सद्वारा विश्वकै सबैभन्दा तीव्र इन्टरनेट डेटा स्पिडको सफलतापूर्वक परीक्षण गरेका छन्। 

अनुसन्धानकर्ताहरुले सिंगल लाइट सोर्सबाट ४४.२ टेराबाइट्स प्रतिसेकेन्डको डेटा स्पिड रेकर्ड गरेका छन्। जुुन प्रतिसेकेन्डमा एक हजार हाई डेफिनेसन फिल्म डाउनलोड गर्नु जत्तिकै हो। 

यो प्रविधिलाई यतिबेला गेम चेन्जरका रुपमा लिइएको छ। यतिबला विश्वका अर्बौं मानिसहरु घरबाटै काम गरिरहेका छन्। यसले गर्दा इन्टरनेटमा धेरै नै दबाब सिर्जना भएको छ। 

यसमा विश्वभरका दूरसञ्चार क्षमतालाई तीव्र  गति प्रदान गर्ने दक्षता रहेको छ। यो प्रविधिले मेलबर्नको १.८ मिलियन घरहरुलाई एउटै समयमा हाई स्पिड इन्टरनेट कनेक्सन प्रदान गर्न सक्दछ। 

यस्तो प्रकारको प्रदर्शन सामान्य रुपमा एउटा प्रयोगशालामा मात्रै सीमित हुुने गर्दछ तर यो अध्ययनका लागि अनुुसन्धानकर्ताहरुले वर्तमान दुुरसञ्चार पूर्वाधारको उपयोग गरेर यस्तो डेटा प्राप्त गरेका छन्। उनीहरु नेटवर्कलाई कुुशलतापूर्वक लोड परीक्षण गर्न सक्षम बनेका थिए। 

अनुुसन्धानकर्ताहरुले आरएमआईटीको मेलबर्न सिटी क्याम्पस र मोनास युुनिर्भसिटीको क्लेटन क्याम्पसबीच ७६.६ किलोमिटर अप्टिकल फाइबरमाथि ट्रान्समिसनको परीक्षण गरेका थिए। यस क्रममा उनीहरुले एउटा नयाँ उपकरणको प्रयोग गरेका थिए। जसमा ८० लेजर्सलाई रिप्लेस गरेर एउटामात्रै उपकरणको प्रयोग गरिएको थियो। जसलाई माइक्रो कम्ब भन्ने गरिन्छ। 

यो वर्तमान कम्युुनिकेसन हार्डवेयरको तुुलनामा सानो र हल्का छ। फिल्ड ट्रायलमा माइक्रो कम्बको प्रयोग गरिएको यो पहिलो पटक हो। यसमा एउटैमात्र अप्टिकल चिप्सद्वारा सबैभन्दा धेरै डेटा उत्पादन हुुने गर्दछ। 

भविष्यमा यो प्रोजेक्टबाट वर्तमान ट्रान्समिसनहरुको उपयोगी क्षमतालाई सयौँ गिगाबाइट्स प्रतिसेकेन्डबाट बढाएर कयौँ टराबाइट्स गर्ने उद्देश्य रहेको छ। यस क्रममा यसको आकार र तौल भने वृद्धि गरिने छैन। – एजेन्सी