काठमाण्डौ । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा प्रतिकूल प्रभाव परे पनि विश्वकै धनी व्यक्ति जेफ बेजोसको सम्पत्तिमा झनै बढोत्तरी देखिएको छ।

ब्लुुमबर्ग बिलिनियर्स इन्डेक्सको ताजा आँकडाअनुुसार अहिले बेजोसको कुुल सम्पत्ति १७२ बिलियन अमेरिकी डलर पुुगेको छ। यससँगै उनले नयाँ रेकर्डसमेत कायम गरेका छन्। 

यो साता बजोसले आफ्नी पूर्वपत्नी म्याक केन्जीसंग पारपचुुके गर्नुुपूर्वको आफ्नो पुुरानो रकेर्डलाई तोडेका छन्। गत वर्ष बेजोस र म्याक दम्पतीले आफ्नो २५ वर्षको वैवाहिक सम्बन्धलाई तोडेर अलग भएका थिए। सम्बन्धविच्छेद गर्दा म्याकले अमेजनको २५ प्रतिशत स्टक प्राप्त गरेकी थिइन्। जसको कम्पनीमा ४ प्रतिशत स्वामित्व हुुन आउँछ। 

बजोसमात्रै नभई उनकी पूर्वपत्नी म्याक केन्जीको सम्पत्तिमा रकेर्डतोड वृद्धि भएको छ। अहिले उनको कुुल सम्पत्ति पनि बढेर ५७ बिलियन अमेरिकी डलर पुुगेको छ। 

सम्पत्तिमा भएको वृद्धिसँगै म्याक अहिले धनाढ्यको सूचीमा विश्वकै १२ औँ स्थानमा पुुगेकी छन्। एक वर्षको अवधिमा उनका सम्पत्तिमा ५४ प्रतिशत वृद्धि भएको छ। अर्थात उनको सम्पत्ति २० बिलियन डलरले वृद्धि भएको छ। 

बेजासको अधिकांस सम्पत्तिको हिस्सा अमेजनसँग जोडिएको छ। अमेजनमा मात्रै उनको ५७ मिलियन डलरको सेयर रहेको छ। यो कम्पनीको कुुल मूल्यको १२ प्रतिशत हुुन आउँछ। 

गत एक वर्षको अवधिमा कम्पनीको मूल्यमा ५६ प्रतिशतको वृद्धि देखिएको छ। कोरोना महामारीका दौरान अमेजनको अनलाइन सपिङमा व्यापक वृद्धि देखिएको छ। 

अमेरिकामा कोरोना नियन्त्रण र रोकथामका लागि जारी गरिएको लकडाउन र प्रतिबन्धका कारण अधिकांश स्टोर, पसल र मलहरु बन्द अवस्थामा रहेका छन्। जसको प्रत्यक्ष फाइदा अमेजनले उठाएको थियो। 

कर्मचारीको स्वास्थ्य र भुुक्तानीको विषयलाई अमेजनको आलोचना भइरहेका बेला यो साता कम्पनीले आफ्ना कर्मचारीलाई ‘थ्यांक्युु बोनस’ का रुपमा ५०० मिलियन डलर प्रदान गर्ने जनाएको थियो। – एजेन्सी