काठमाण्डौ । कोरोनाभाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १ करोड नाघेको छ।

वल्र्डमिटर्सको तथ्यांकअनुसार आइतबार बिहानसम्म १ करोड ८२ हजार ६१८ जना यो भाइरसबाट संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ज्यान गुमाउनेको संख्या ५ लाख १ हजार ३०९ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ५४ लाख ५८ हजार ५२३ पुगेको छ। 

कोरोनाबाट अतिप्रभावित देशको सूचीमा अग्रस्थानमा रहेको अमेरिकामा आइतबार बिहानसम्म २५ लाख ९६ हजार ५३७ जना संक्रमित भइसकेका छन्। तीमध्ये १० लाख ८१ हजार ४३७ जनाले स्वास्थ्यलाभ गरेका छन् भने १ लाख २८ हजार १५२ जनाको ज्यान गइसकेको छन्।

दोस्रो स्थानमा ब्राजिलमा संक्रमितको संख्या १३ लाख १५ हजार ९४१ जना पुगेका छन्। तीमध्ये ५७ हजार १०३ जनाको ज्यान गइसकेको छ भने ७ लाख १५ हजार ९०५ जना ठिक भएका छन्। 

संक्रमणको मामिलाको हिसाबले रुस तेस्रो स्थानमा छ। त्यहाँ हालसम्म ६ लाख २७ हजार ६४६ जना संक्रमित भइसकेका छन्। जसमध्ये ८ हजार ९६९ जनाको ज्यान गएको छ भने ३ लाख ९३ हजार ३५२ जना निको भएका छन्। 

छिमेकी मुलुक भारत चौथो स्थानमा छ। त्यहाँ हालसम्म ५ लाख २९ हजार ५७७ जना संक्रमित भइसकेका छन्। जब कि ज्यान गुमाउनेको संख्या १६ हजार १०३ र निको हुनेको संख्या ३ लाख १० हजार १४६ रहेको छ।

बेलायतमा हालसम्म ३ लाख १० हजार २५० जना संक्रमित भइसकेका छन्। तीमध्ये ४३ हजार ५१४ जनाको ज्यान गइसकेको छ।