काठमाण्डौ । नेपाल र भारतमा विभिन्न बैंकबाट एटिएम मेसिन ह्याक गरेर नक्कली एटिएम (डेबिट कार्ड) बाट करोडौँ रकम चोरी भएको घटना ताजै छ । यो घटना पक्राउ परेका चिनियाँ ह्याकरहरुलाई नेपाल प्रहरीले हिरासतमा राखेर अनुसन्धान जारी राखेको छ ।

यसरी दिनप्रतिदिन बैंकहरु ह्याकरको निशानामा पर्न थालेपछि नेपालीहरु त्रसित बन्न थालेका छन् । हुन त सामान्य तरिकाले बनाइएका नक्कली एटिएम कार्ड बनाएर चिनियाँ ह्याकरहरुले करोडौँ रकम झिक्नु चानचुने कुरा पनि होइन।

एटिएम कार्ड भन्नेबित्तिक केही हप्ताअघि भएको रकम चोरीको घटना हाम्रो मानसपटलमा आइहाल्छ । सामान्य धातुबाट बनाइने एटिएम कार्डको चर्चा अहिले नेपालमा निकै बढेको छ ।

यही बेला बेलायतमा बनाइएका एटिएम कार्डबारे थाहा पाउनुभयो भने झनै आश्चर्यमा पर्न सक्नुहुन्छ । पत्याउन पनि गाह्रो पर्ला ।

बेलायत सरकारको स्वामित्वमा रहेको द रोयल मिन्ट कमपनीले विश्वमै पहिलोपटक पूर्ण रुपमा सुनले बनेको एटिएम सञ्चालनमा ल्याउन लागेको छ । 
कम्पनीले १८ क्यारेट सुनले बनेको एटिएम प्रयोगमा ल्याउन लागेको हो । यो एउटा एटिएमकै मूल्य १८ हजार ७५० युरो (नेपाली साढे २३ लाख रुपैयाँं) पर्ने कम्पनीले जनाएको छ ।

द रोयल मिन्टले तयार पारेको यो एटिएम कार्डको नाम भने ‘रेरिस’ दिइएको छ। यो डेबिट कार्ड हो । जसमा ग्राहकको नाम लेखिनेछ । जसमा ग्राहकको हस्ताक्षर पनि समावेश हुनेछ ।

यो कार्ड प्रयोगकर्ताले कुनै पनि बैंकको एटिएम बुथबाट पैसा निकाल्दा अतिरिक्त शुल्क लाग्ने छैन । त्यस्तै यो कार्डवाहकले वैदेशिक मुद्रा सटहीमा पनि अतिरिक्त शुल्क बुझाउनुपर्ने छैन ।

यो कार्डलाई लग्जरी पेमेन्ट कार्डको श्रेणीमा राखिएको छ । कम्पनीको भनाइ छ कि केही समीति ग्राहकलाई मात्र यो कार्ड उपलब्ध गराइनेछ ।

त्यसो कम्पनीले यो कार्ड कतिजनालाई वितरण गर्ने भन्ने कुरा भने खुलाइसकेको छैन । –एजेन्सी