काठमाण्डौ । विश्व बैंकका अध्यक्ष जिम योङ किमले फेब्रुअरी १ देखि लागू हुने गरी राजीनामा दिने घोषणा गरेका छन् । 

उनको राजीनामा घोषणासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो पदमा नयाँ व्यक्तिलाई नियुक्ति दिनसक्ने चर्चा अन्तराष्ट्रिय न्यूज एजेन्सीहरुमा हुन थालेको छ ।

ट्रम्पको भूमिकाका कारण विश्व बैंकको प्रमुख पदमा नियुक्तिका लागि अमेरिकाको एकाधिकारलाई लिएर चुनौति फेरि एकपटक मजबुत हुने संभावना बढेको छ । 

किमले सोमबार आफ्नो निर्णय घोषणा गर्दै ट्वीट गरेका छन्–‘यो निकै राम्रो संस्थाप्रति समर्पित कर्मचारीहरुलाई नेतृत्व गर्ने सुअवसर प्राप्त हुनु गौरवको विषय थियो ।’ उनले यो पद फेब्रुअरी १ देखि छाड्नेछन् ।

५९ वर्षीया किम राजीनामापछि निजी कम्पनीसँग जोडिनेछन् र विकासशील देशमा लगानी जुटाउने बिषयमा ध्यान केन्द्रीत गर्ने समाचारमा जनाइएको छ। 

नयाँ व्यक्तिलाई अध्यक्षको रुपमा नियुक्त नगरिएसम्म बैंकका सीइओ क्रिस्टालिना जियोरजिवाले कार्यबाहक अध्यक्षको जिम्मेवारी समेत सम्हाल्नेछन् ।

बैंकको सबैभन्दा ठूलो सेयरधनी भएका कारण अमेरिकाले परम्पराअनुसार नै विश्व बैंकको प्रमुख नियुक्त गर्नेछ, भने यूरोपियन देशहरुले अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)का प्रमुख नियुक्त गर्छन् । किमलाई सन् २०१२ मा तत्कालीन अमेरिकी राष्टिपति बराक ओबामालाई सो पदमा नियुक्त गरेका थिए । 

त्यसपछि अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले सन् २०१६ मा किमलाई दोश्रो कार्यकालका लागि विश्व बैंकको अध्यक्षको रुपमा नियुक्त गरेका थिए । 

उनको दोश्रो कार्यकाल २०१७ को जुलाईबाट सुरु भएको थियो । 

ट्रम्पको भूमिकाका कारण १८९ सदस्यीय वल्र्ड बैंकको नेतृत्वमा दोश्रो विश्वयुद्धपछिको मोडलको चुनौति र मजुबती रहनेछ, जसको फैसला सधैं अमेरिकाले लिने गर्छ ।

अमेरिकाबाट प्रस्तुत उम्मेद्वारलाई सन् २०१२ मा पहिलोपटक अन्य दुई दाबेदारको चुनौतिको सामना गर्नु परेको थियो । 

त्यसबेला कोलम्बियाका अर्थशास्त्री जोस एन्टोनियो ओकाम्पो गाविरिया यो दौडबाट बाहिरिएका थिए भने नाइजेरियाका तत्कालीन वित्तमन्त्री नगोजी ओकोन्जो इवेला किमसँग हारेका थिए । 

विश्व बैंकको अबको नयाँ नेतृत्वको नियुक्तिमा पनि अमेरिकी नेतृत्वको बिषयमा पुनरविचार गर्न र गैरअमेरिकी उम्मेद्वारको दाबेदारीको विषयमा समेत सोच्न बाध्य तुलाउने संभावना देखिएको छ ।