काठमाण्डौ । स्विट्जरल्यान्डको दावोसमा यही जनवरी २१ तारिखदेखि विश्व आर्थिक मञ्च (डब्लूईएफ) को ५० औँ वार्षिक बैठक सुरु हुँदैछ ।

स्विट्जरल्यान्डको यो सानो पर्यटकी सहरमा हुन लागेको यो बैठकमा अहिले विश्वका ठूलठूला कारोबारहरुको ध्यान खिचिरहेको छ । यसपटक विश्वका कतिपय देशहरुले यस्ता मुद्दामा नजर टिकाइरहेका छन् जसको समाधान यो बैठकबाट निस्कनेछन् ।

जनवरी २४ सम्म चल्ने यो बैठकमा विशेष गरी ५ मुद्दामा केन्द्रित हुन सक्छ –

१. जलवायु परिवर्तन

विगत केही वर्षमा जलवायु परिवर्तनमा विश्व आर्थिक मञ्चन थुप्रै कुरा भए तर कतिपय देशले यसमा गम्भीरता देखाएनन् । पर्यावरणको मुद्दालाई लिएर ग्रेटा थनबर्गले विश्वका थुप्रै देशहरुलाई ऐना देखायो । थनबर्गले क्लाइमेट चेन्ज होइन क्लाइमेट इमरजेन्सी घोषणा हुनुपर्ने भन्दै विश्वका नेताहरुलाई सचेत गरायो ।

यसपटक पनि यो बैठकमा थनबर्गले गराएको सचेतप्रति गम्भीर विमर्श हुने अनुमान लगाइएको छ । जलवायु परिवर्तनमा गम्भीरता हुन किन पनि आवश्यक छ भने सन् २०१९ मा ग्लोबल सीओ२ एमिसन ०.६ प्रतिशतले बढेर ३७ सय करोड टनसम्म पुगेको छ ।

सन् २०५० सम्म कार्बन न्युट्रयालिटी हासिल गर्नका लागि यसलाई शून्यमा झार्न आवश्यक छ । यतिमात्र होइन पेरिस सम्झौताको १.५ डिग्री सेल्सियसको लक्ष्य हासिल गर्नका लागि ग्रिनहाउस ग्यासको उत्सर्जन बर्सेनि ७.६ प्रतिशतले कम गर्न आवश्यक छ । तर अब अहिलेसम्म विश्वका कतिपय महाशक्ति राष्ट्रहरुले यसलाई गम्भीरताका साथ लिएका छैनन् । 

२. लैंगिक समानता

मञ्चले सन् २००६ बाटै पुरुष र महिलाबीच एउटा ग्लोबल जेन्डर ग्याप इन्डेक्सका माध्यमबाट मापन गरेको थियो । तर हैरानको कुरा यो छ कि सन् २०२० इन्डेक्सअनुसार विश्वमा लैंगिक समानता पहुँच बढाउन अझै १०० वर्ष लाग्नेछ । हाल औसतमा पूरै विश्वमा केबल ५५ प्रतिशत महिला लेबर मार्केटमा छन् । जब कि पुरुषको संख्या ७८ प्रतिशत रहेको छ । त्यस्तै एउटा कामका लागि महिलालाई पुरुषको तुलनामा ६० प्रतिशत कम ज्याला दिइने गरेको पाइएको छ ।

अबको बैठकले यसमा ठोस निर्णय लिने अनुमान गरिएको छ । 

३. डिजिटल क्रान्ति

डिजिटल जमानासँगै उपभोक्ताको आकर्षण पनि परिवर्तन भइरहेको छ । मञ्चको बैठकमा थुप्रै वर्षदेखि यस विषयमा चर्चा पनि हुँदै आएको छ । उपभोक्तालाई किन कुनै कम्पनीको प्रडक्ट केवल यस कारण मन पर्दैन कि त्यो राम्रो छ तर सस्तो छ भन्ने विषयले पनि चर्चा पाउँदै आएको छ । उपभोक्ता अब यो चाहन्छन् कि कुनै पनि कम्पनीले समाजका लागि योगदान गरोस् । यो कुरालाई कुनै पनि कम्पनीले नजरअन्दाज गर्न मिल्दैन ।

प्रविधिको पहुँचकै कारण अहिले उपभोक्तालाई कुनै पनि कम्पनीको पूर्ण जानकारी हुन्छ । अब कम्पनीहरुले पनि उपभोक्तासम्मको पहुँच बढाउनका लागि आधुनिक प्रविधि, डेटा म्यानेजमेन्ट र कुशल प्रक्रिया अपनाउन आवश्यक देखिन्छ । जसबाट कम्पनीहरुले नयाँ बिजनेस योजना बनाउन सक्छन् ।

यस विषयमा पनि बैठकमा चर्चा हुने बताइएको छ । 

४. भारत र चीन महाशक्ति राष्ट्र बन्ने

सन् २०२० मा एसियाको जीडीपी पूरै विश्वको कुल जीडीपीभन्दा बढी हुनेछ । सन् २०३० सम्म एसिया एउटा महाशक्ति बन्नेछ, जुन ग्लोबल ग्रोथमा ६० प्रतिशतको हिस्सा राख्नेछ । मध्यवर्गीय करिब २४० करोड नयाँ ग्राहक विश्व अर्थतन्त्रमा जोडिनेछन् र यसको एउटा ठूलो हिस्सा चीन र भारतमा आउनेछन् । त्यतिखेर यी देशका सरकार, कारोबारी र गैरसरकारी संघसंस्थामाथि जिम्मेवारी थपिनेछ कि विकासको गतिलाई कसरी सही दिशामा अगाडि बढाउने ।

५. औद्योगिक क्रान्तिमा नियन्त्रण

चौथो औद्योगिक क्रान्तिको तुलनामा तीव्रगतिमा परिवर्तन भइरहेको प्रविधिको विकासमा नियन्त्रण गर्न निकै आवश्यक छ । किनकि प्रविधिको विकाससँगै हुने अनियन्त्रित गतिविधिलाई जति क मगर्न सकिन्छ त्यति नै फाइदा कारोबारी र समाजलाई हुनेछ ।

मञ्चको बैठकमा यस विषयमा ठोस निर्णयहरु हुने अनुमान गरिएको छ । किनकि आगामी दशकमा हामीले विश्व अर्थतन्त्रमा तीव्र बदलाव देख्न पाउनेछौँ । यो बदलाले विश्वको उत्पादन, वितरण र खपतको पूरै प्रणालीलाई बदल्नेछ । – एजेन्सी