काठमाण्डौ । ग्लोबल ट्यालेन्ट कम्पिटिभनेस इन्डेक्स २०२० मा नेपाल एक स्थान खस्किँदै १२१ औँ स्थानमा पुगेको छ ।

सन् २०१९ मा १२० औँ स्थानमा रहेको नेपाल यो वर्ष भने एक स्थान तल झरेको हो । प्रतिभा सूचकांकमा विश्वभरका देशहरुको उन्नति गर्ने, देशमा भएका प्रतिभालाई प्रोत्साहन र स्थान दिई स्वदेशमै टिकाइ राख्ने र प्रतिभा प्रस्फुटनको वातावरण सिर्जना गर्नेजस्ता मापकका आधारमा तय गर्ने गरिन्छ। यी मापककै आधारमा क्रमतालिका बनाइने गरिन्छ । 

ग्लोबल प्रतिभा सूचीमा विश्वका १३२ देश सामेल छन् ।

नेपालमा व्याप्त भ्रष्टाचार, बेरोजगार, प्रतिभा पलायन, लगानी गर्ने उपयुक्त वातावरणको अभाव र प्रतिभाको अवमूल्यनले गर्दा नेपाल अन्य देशभन्दा पछाडि रहेको ग्लोबल ट्यालेन्ट इन्डेक्सले आफ्नो प्रतिवेदनमा जनाएको छ ।

यो सूचीमा स्विट्जरल्यान्ड पहिलो स्थानमा रहेको छ भने दोस्रोमा अमेरिका र तेस्रोमा सिंगापुर रहेका छन् । विश्व प्रतिभा सूचकांकको शीर्ष १० भित्र विश्वका विकसित देशहरुमात्र रहेका छन् ।

यो सूचीमा नेपालभन्दा अगाडि सार्क राष्ट्रका चार देश रहेका छन् । सार्क राष्ट्रमध्ये भारत ७२ औँ स्थानका साथमा रहेको छ भने श्रीलंका, भुटान र पाकिस्तान क्रमशः ८३ औँ, ९२ औँ र १०६ औँ स्थानमा रहेका छन् ।