काठमाण्डौ । विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले सोमबार पहिलेकै आफ्नो निर्देशिका बमोजिम बिरामी नहुञ्जेलसम्म र बिरामीको हेरचाहमा संलग्न नभएकालाई मास्क नलगाउन भनेका छन् । 

उनीहरुका अनुुसार विशाल जनसंख्याले मास्क लगाउँदा यसले प्रभावकारी फाइदा पुुर्याएको कुुनै पनि प्रमाण भेटिएको छैन । 

सोमबार स्वीट्जरल्याण्डको जेनभामा आयोजित मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइक राइनले मास्क नलगाउनुु र यसको गलत प्रयोग नगर्नुु भन्नुुको पछाडि केही प्रमाणहरु भएको बताए । मास्क र अन्य स्वास्थ्य सामाग्रीको अभावबारे बोल्दै उनले भने, “सबैले मास्क प्रयोग गर्दा विश्वमा मास्कको अभाव सिर्जना भएको छ । कोरोनाको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरु भाइरस सर्ने जोखिम संग प्रत्येक सेकेण्ड जुुधिरहेका छन् । त्यसैले उनीहरुलाई मास्क अभाव भयो भनेर सोच्नुु पनि भयावह हुुन्छ ।” उनले भने । 

उक्त मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य संगठनका संक्रामक र महामारी रोग विशेषज्ञ  डाक्टर मारिया भान केर्कोभले आफूहरुले जसलाई वास्तवमै मास्क आवश्यक पर्छ उनीहरुलाई प्रयोगको लागि प्राथमिकतामा राखेको बताइन । त्यसैले आफूहरुले अग्रपंक्तिमा संलग्नमा रहेका स्वास्थ्यकर्मीको मास्क प्रयोगलाई प्राथमिकतामा राखेको बताइन् । “हामीले विशेष गरेर बिरामी भएका व्यक्ति र उनीहरुको हेरचाहमा संलग्नलाई मास्क लगाउन सुुझाव दिएका छौ ।” उनले भनिन् । 

विश्व स्वास्थ्य संगठनले गत साता विश्वभर डाक्टरहरुले बचाउका लागि लगाउने पिपिई र अन्य मेडिकल आपूर्तिको अभाव हुुने जनाएको थियो।