काठमाण्डौ। विश्व बैंकले विश्व महामारी कोरोनाभाइरसले चौपट पारेको अर्थव्यवस्थालाई उकास्न तत्कालै कुुनै कदम नचाले पूर्वी एसिया र प्यासेफिक क्षेत्रका १ करोड ११ लाख मानिस गरिबीको रेखामुनी धकेलिने चेतावनी दिएको छ।

वासिङ्टनस्थित विश्व बैंकले यो क्षेत्रमा पहिल्यैदेखि लामो मन्दी छाइरहेको र अहिले कोरोनाले गर्दा अर्थतन्त्रमा बितेको दुुई दशककै सबैभन्दा बढी गिरावट आउने जनाएको छ। बैंकले सन् २०१९ मा प्रक्षेपण गरेको ५.८ प्रतिशतको आर्थिक वृद्धिदरको तुुलनामा सन् २०२० मा यो क्षेत्रको आर्थिक वृद्धिदरमा २.१ प्रतिशतको गिरावट आउने प्रक्षेपण गरेको छ। 

त्यस्तै कोरोनाको इपिसेन्टर चीनको आर्थिक वृद्धिदरमा पूर्वानुमानविपरीत २.३ प्रतिशतको गिरावट आउने विश्व बैंकले जनाएको छ। बैंकका अनुुसार सन् २०१९ मा ६.१ प्रतिशत रहेको आर्थिक वृद्धिदर घटेर ०.१ प्रतिशत पुुग्नेछ। चीनको आर्थिक वृद्धिमा पर्ने असरले विश्वको अर्थतन्त्रमा पनि नकारात्मक परिणाम निम्ताउनेछ। 

पछिल्लोपटक सन् १९७६ मा चीनको कम्युुनिस्ट पार्टीका नेता माओ जेडोङको मृत्युुपछि चीनमा आर्थिक संकुुचन देखिएको थियो। जुुन संकुुचनले देशको सामाजिक र आर्थिक पाटोलाई एक दशकभन्दा बढी समयसम्म प्रभावित पारेको थियो। 

चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो। यसको मतलब चीनको अर्थव्यवस्थामा यदि कुुनै अवरोध आए त्यसको मशसुुस पूरै विश्वले गर्नेछ। 

विश्व बैंकको रिर्पोटमा कोरोनाले गर्दा पार्ने प्रभावले पूर्वी एसिया र प्यासेफिकका सबैजसो देशले आर्थिक नोक्सानी व्यहोर्नुुपर्ने र यसले रोग, मृत्युु र घट्दो आम्दानीमार्फत गरिबी र सामाजिक कल्याणमा पार्ने प्रभावबाट बच्न सर्तक र तयारी अवस्थामा बस्न चेतावनी दिएको छ।

कोरोनाको प्रभाव बढ्दै गएपछि लागू भइरहेका लकडाउनले उद्योग कलकारखाना, यातायात र व्यापार व्यवसाय बन्द रहेका अवस्थामा एसिया प्यासेफिक क्षेत्रमा केही सातायता आर्थिक मन्दीको त्रास बढेको छ। यो क्षेत्रले पहिल्य नै अमेरिका र चीनबीचको व्यापार युुद्धको नकारात्मक आर्थिक प्रभावहरुको सामना गरिसकेकाले अबको आर्थिक संकट झन् गम्भीर हुुने निश्चत छ। 

विश्व बैंकको प्रतिवेदनमा यस क्षेत्रका सबै परिदृश्यमा उल्लेख्य गिरावट आउने जनाइएको छ। इन्डोनेसिया, पपुुवा न्युुगिनी र फिलिपिन्सका अर्थतन्त्र नराम्ररी प्रभावित हुुनेछन् भने क्याम्बोडिया, लाओस, भियतनाम, मंगोलिया र म्यानमारजस्ता केही थोरै देशको अर्थतन्त्रमा पहिलेको वर्षभन्दा झिनो सुुधार आउने प्रक्षेपण गरिएको छ। –एजेन्सी