काठमाण्डौ । यो साता विश्वका अग्रणी तेल उत्पादकहरुले कच्चा तेलको उत्पादन बढाउने घोषणा गर्न सक्ने अनुुमान लगाइएको छ। यसले विश्व बजारमा तेलको माग बढेको संकेत गरेको छ। 

तेल उत्पादक तथा निर्यातकर्ता देशहरुको संगठन ओपेकले आफ्नो अगामी कदमबारे छलफल गर्न अबको मंगलबार र बुु्धबार बैठक आयोजना गर्न गइरहेको छ। विशेषज्ञहरुले बैठकमा तेलको मूल्य बढाउन गत अप्रिल महिनामा आपूर्तिमा गरिएको कटौतीहरुलाई खुुकुुलो पार्न तेलका मुुख्य उत्पादकहरु सहमत हुुने अनुुमान लगाएका छन्। 

कोरोना महामारीका कारण तेलको मूल्यमा व्यापक गिरावट आएपछि ओपेक प्लसका रुपमा रहेका ओपेक र यसका साझेदारहरुले दैनिक ९.७ मिलियन ब्यारेलका दरले उत्पादन कटौती गरेका थिए। लकडाउनका कारण तेलको मूल्यमा आएको व्यापक गिरावटको प्रभावलाई कम गर्न र मूल्यलाई स्थिर राख्नका लागि उत्पादन कटौती गर्ने सहमति बनेको थियो। 

तेलको विश्व बेन्चर्माकका रुपमा रहेको ब्रेन्ट क्रुुडमा यो वर्ष ३० प्रतिशत गिरावट देखिएको छ। त्यस्तै गत अप्रिल महिनामा अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य शून्यभन्दा तल झरेको थियो। 

कोरोना महामारीका कारण दैनिक ९.७ मिलियन ब्यारेलका दरले कटौती भएको कच्चा तेलको उत्पादन अर्काे महिनादेखि ७.७ मिलियन ब्यारेलमा झर्ने अनुुमान लगाइएको छ। यसको अर्थ अर्काे महिनादेखि तेलको उत्पादन प्रतिदिन २ मिलियन ब्यारेलका दरले वृद्धि हुुनेछ। 

गत साता अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले कोरोनाभाइरसका कारण लागू गरिएको लकडाउनको दुुष्प्रभाव सम्भवतः अब अन्त्य हुुने जनाएसँगै विश्व तेल बजारमा आशाका किरणहरु देखिन थालेका छन्। आईइएले आफ्नो मासिक वैश्विक ऊर्जा प्रतिवेदनमा यो वर्ष कच्चा तेलको वैश्विक मागमा झिनो सुुधार देखिने अनुुमान लगाएको थियो। तथापि यो विषय महामारी कसरी विकसित हुँदै जान्छ, त्यसमा भर पर्ने चेतावनी दिइएको थियो।

यसका साथै प्रतिवेदनमा अमेरिका, लेटिन अमेरिकालगायतका विश्वका केही भागहरुमा देखिएको संक्रमणको वृद्धिले आफ्नो दृष्टिकोणमा कालो छाया देखाएकोे र यसले मागको पुुनरागमन हुुने कुुरालाई प्रभाव पार्न सक्ने चेतावनी दिइएको थियो। – एजेन्सी