काठमाण्डौ । सत्तारुढ नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री पौडेलविष्णु पौडेल आइसोलेसनमा बस्न थालेका छन् । 

उनका अंगरक्षक(पिएसओ)लाई कोरोना संक्रमण पुष्टि भएपछि नेता पौडेल आइतबारदेखि नै आइसोलेसनमा बसेका उनको निजी सचिवालयले जनाएको छ । 

पौडेलसहित उनका पीएसओको केही दिनअघि स्वाब परीक्षण गरिएको र शनिवार रिपोर्ट आउँदा अरुको नेगेटिभ आएपछि पिएसओको भने पोजिटिभ रिपोर्ट आएको हो । पिएसओको रिपोर्ट पोजिटिभ आएपछि नेता पौडेल आइतबारदेखि नै आइसोलेसनमा बस्न थालेका हुन् । उनले आइतबारदेखि नै सबैखालको भेटघाट बन्द गरेका उनको सचिवालयले प्रष्ट पारेको छ । 

कोरोना संक्रमण पुष्टि भएका पौडेलका पिएसओ भने अस्पताल भर्ना भएका छन् ।