काठमाण्डौ । प्रदेश नम्बर २ का स्थानीय तहमध्ये एकमात्र महानगरपालिका वीरगञ्जको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । 

सार्वजनिक मतपरिणाम अनुसार राजपाका उम्मेद्वार अग्रस्थानमा छन् भने एमालेको तर्फबाट मेयरका उम्मेद्वार पाँचौ स्थानमा छन् । 

हलै प्राप्त अपडेट अनुसार वडानम्बर १, २, ३१ र ३२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । यी चारवटै वडाको २०० को दरले मत गन्दा राजपाका मेयरका उम्मेद्वार राजेशमान सिंहले २ सय ३७ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका अजय दिवेदीले १९६ मतका साथ पछ्याइरहेका छन् । 

तेश्रो स्थानमा रहेको संघीय समाजवादी फोरमको तर्फबाट मेयरका उम्मेद्वार विजय सरावगीले १३९ मत पाएका छन् । माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेद्वार रहबर अन्सारी १०३ मतसहित चौथो स्थानमा छन् । 

वीरगञ्ज महानगरमा एमाले पाँचौ स्थानमा रहेको छ । एमालेको तर्फबाट मेयरका उम्मेद्वार बसरुद्धिन अन्सारीले ७२ मत मात्र ल्याएका छन् । 

यस्तै, ७० मत पाउँदै मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले एमालेलाई टक्कर दिइरहेका छन् । 

उपमेयरमा समेत राजपा नै अग्रस्थानमा छन् । २५१ मतका साथ रम्भा मिश्रा पहिलो स्थानमा छिन् । उनलाई कांग्रेसकी शान्ति कार्कीले २०० मतले पछ्याइरहेकी छिन् । एमाले उपमेयरमा समेत पाँचौ स्थानमा छ ।