काठमाण्डौ । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण भएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर सरावगीले आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन् । 

'तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ ।' फेसबुकमा स्टाटस हाल्दै सरावगीले भनेका छन्-'कोरोना संक्रमणको लडाई जितेर पुन तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।'