काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो एघारौ शाखा कार्यालय पर्सा जिल्लाको वीरगञ्ज स्थित आदर्शनगर, वीरगञ्जमा कारोबार शुभारम्भ गरेको छ । 

मञ्जुश्री फाईनान्स लिमिटेडका सञ्चालक समितिका सदस्यहरु कमलकुमार वेगानी तथा चिन्तामणि गौतमले संंयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । 

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरीे, बिराटनगर, नेपालगञ्ज, धरान तथा पोखरामा शाखाहरु छन् । 

चुक्तपूँजी ७२ करोड ४३ लाख ७८ हजार रहेको राष्ट्रिय स्तरको यस फाईनान्सले हालसम्म निक्षेप रु.४.४६ अर्ब तथा कर्जा रु. ३.८९ अर्ब परिचालन गरेको छ । यसका साथै यस फाईनान्सले विप्रेषण, एटीएम सेवा लगायत निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।