काठमाण्डौ । लुम्बिनी बिकास बैंक लिमिटेडले वीरगञ्ज, आदर्शनगर स्थित बैंकको आप्mनो व्यापारिक कम्प्लेक्समा रहेको शाखामा एटिएम मेसिन संचालनमा ल्याएको छ । 

सो एटिएम मेसिनको संचालनको शुभारम्भ वीरगञ्ज महानगरपालिकाका मेयर तथा लुम्बिनी विकास बैंक लिमिटेडका संस्थापक विजयकुमार सरावगीले गरे ।

कार्यक्रममा बैंकका संस्थापकहरु, व्यापारीहरु तथा स्थानीय लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।