काठमाण्डौ । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्जको पछिल्लो मतपरिणाम अनुसार राजपाका उम्मेद्वारको सुरुवाती अग्रता कायमै छ । 

प्राप्त ताजा मतपरिणाम अनुसार वीरगञ्जमा राजपाको तर्फबाट मेयरका उम्मेद्वार राजेशमान सिंहले १२३९ मत पाएका छन् । उनलाई कांग्रेसका अजयकुमार दिवेदीले ९६५ मतले पछ्याइरहेका छन् ।

तेश्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेद्वार विजय सरावगीले ४७६ मत पाएका छन् । चौथो स्थानमा रहेको माओवादी केन्द्रले मेयरमा ४०९ मत प्राप्त गरेको छ। 

एमाले यो महानगरमा पाँचौ स्थानमै छ । पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेद्वारले ३२५ मत प्राप्त गरेका छन् । एमालेलाई लोकतान्त्रिक फोरमका उम्मेद्वारले २९३ मतले पछ्याइरहेका छन् ।