काठमाण्डौ । सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ २५/२५ थान दिएको छ ।

कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिइ दिइएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको हो ।

शनिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार शेन्चुरीलाई २५ थान पिपिइ हस्तान्तरण गरेका थिए । 

साथै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशिल शर्मालाई पिपिइ हस्तान्तरण गरे । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै प्रहरी अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।

कार्यक्रमा बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने आशा व्यक्त गरे । 

सो अवसरमा पौड्यालले यस्तो अवस्थामा सनराइज बैंकले सम्पूर्ण देश बासीलाई थोरै थोरै भए पनि मल्हम लगाउने उद्देश्यले सातैं वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण उपकरण वितरण गर्ने जानकारी दिए ।