काठमाण्डौ । प्रभू बैंकले काठमाण्डौको महाबौद्धस्थित वीर अस्पताल परिसरमा २४ घण्टे क्यास काउण्टर संचालनमा ल्याएको छ। 

साउन ३ गते एक समारोहका बीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपकुलपति प्रा.डा. देवनारायण साहले बैंकको क्यास काउण्टरको औपचारिक उद्घाटन गरे । 

बीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंक लिमिटेडको २४ घण्टे क्यास काउण्टरमा उपचारका लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा बीर अस्पतालमा बुझाउनुपर्ने जुनसुकै रकम बिनाझण्झट सरल एवं सहज रुपमा जम्मा गर्न पाउने छन् । 

प्रभु बैंकको क्यास काउण्टर चौबिसै घण्टा लगातार रुपमा सञ्चालन हुने भएकोले अबदेखि बीर अस्पतालमा उपचारका क्रममा आउने जुनसुकै विरामीले आप्mनो आवश्यकतानुसार जुनसुकै समयमा रकम जम्मा गरी अस्पतालको सेवा उपभोग गर्न पाउने बताइएको छ। 

बीर अस्पतालको आधिकारिक बैंकको रुपमा बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचार सेवामा सहयोगीको रुपमा संलग्न हुन पाउँदा प्रभु बैंकले खुशी व्यक्त गरेको छ ।