काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको वृद्धिदर ७.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको बताएका हुन् । 

उनले चालुु आर्थिक वर्षको वृद्धिदर ६.९ प्रतिशत कायम हुने दाबी समेत गरे । 

अर्थमन्त्री महराले आगामी आर्थिक वर्षमा मुद्रास्फिति ७ प्रतिशतमा सीमित हुने प्रक्षेपण समेत गरे।