काठमाण्डौ । जब हामी आफ्नो वेबसाइट, युट्यूव तथा ब्लगबाट आम्दानीको कुरा गर्छौ भने सबैभन्दा पहिला गुुगलको नाम अगाडि आउँछ । नेपाल समेत विश्वभरका अधिकांश मानिस आफ्नो यूट्यूव च्यानल, ब्लग वा वेबसाइटका लागि गुुगलको विज्ञापन नेटवर्कको प्रयोग गर्छन् । अधिकांश मानिसको यो कोशिश हुन्छ कि उनीहरुको डिजिटल प्लेटफर्मलाई गुुगलले स्वीकृति दियोस् र उनीहरुले एडसेन्समार्फत राम्रो कमाई गर्न सकून् । 

त्यसो त विज्ञापनको बजारमा अनलाइनहरुमा विज्ञापन प्रकाशन गर्दा पैसा आउने कम्पनी गुुगल मात्र एक्लो भने होइन । गुुगलको तुलनामा अरुबाट कम आम्दानी हुने भएकाले समेत गुुगलकै नाम अगाडि आउने गर्छ । तर, गुुगलकै हाराहारीमा पैसा कमाउन सकिने विज्ञापन नेटवर्क समेत यो क्षेत्रमा उपलब्ध छ । यो विज्ञापन नेटवर्कको नाम ‘मिडिया डट नेट’ हो । 

के हो मिडिया डट नेट ?
मिडिया डट नेट बिङ सर्च इञ्जिनको विज्ञापन नेटवर्क हो । बिङ याहूू र माइक्रोसफ्टको साझा प्रोडक्ट हो । खासमा गुुगलको ठीक विपरीत यसका प्रयोगकर्ता अमेरिका र पश्चिमी विश्वमा छन् । यहीकारण यसमा अमेरिका र ब्रिटेनको विज्ञापन बढी आउँछ । यसकारण समेत तपाईलाई यो प्लेटफर्ममा विज्ञापन राम्रो रेट प्राप्त हुन सक्छ । 

कसरी प्राप्त गर्ने यसको विज्ञापन नेटवर्क ?
यो विज्ञापन नेटवर्कमा सामेल हुने तरिका निकै सहज र सरल छ । सबैभन्दा पहिला तपाई मिडिया डट नेटको वेबसाइटमा जानुहोस् । त्यहाँ तपाईले साइनअपको अप्सन देख्नुुहुनेछ । यहाँ तपाईले आफ्नो वेबसाइट, ब्लग र इमेलसँग जोडिएको जानकारी भर्नुपर्ने हुन्छ । यसपछि तपाईले आफ्नो नाम भर्नुपर्ने हुन्छ र तपाईले आफ्नो आवेदन पेश(सबमिट) गर्नुपर्ने हुन्छ । २ देखि ५ दिनभित्र तपाईलाई कम्पनीको तर्फबाट कन्फर्मेशन तथा रिजेक्सनको जानकारी आउनेछ । यदि तपाई एउटा भन्दा बढी वेबसाइट र ब्लग चलाउनुुहुन्छ भने त्यसका लागि एउटै अकाउण्ट काफी हुन्छ । कमाईको दृष्टिकोणबाट एउटै अकाउण्ट हुँदा समेत कुनै फरक पर्दैन । 

यस्ता वेबसाइटलाई कठीन
खासमा यो विज्ञापन नेटवर्कमा गुुगलकै हाराहारीमा रकम प्राप्त हुन्छ, तर यसका केही सीमा तथा शर्तहरु पनि छन् । किनभने बिङ ब्राउजरसँग धेरै प्रयोगकर्ता अमेरिका र ब्रिटेनमा रहेका छन् । यसकारण यो एड नेटवर्कले अंग्रेजी भाषाको वेबसाइट र ब्लगलाई पहिलो प्राथमिकता दिन्छ । यदि तपाईको वेबसाइट वा ब्लगको पनि प्राइमरी भाषा अंग्रेजी छ र सेकेण्डरी भाषा नेपाली छ भने पनि अप्रूभल प्राप्त हुने प्रवल संभावना रहन्छ । यदि अंग्रेजीकै मात्र वेबसाइट छ भने तपाईका लागि सुनौलो अवसर प्राप्त हुनसक्छ ।