काठमाण्डौ । वैदेशिक रोजगारीको क्रममा विदेश जाने नेपालीहरुलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा उपलब्ध हुने भएको छ । 

नेपाल राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा अन्य इजाजतपत्र संस्थाहरुलाई निर्देशन जारी गर्दै विदेश जाने नेपालीहरुले पाउने सटही सुविधामा संसोधन गरेको हो ।

यसअघि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम अमेरिकी डलर ५००।– (पाँचसय) सम्म मात्र सटही सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । त्यही व्यवस्थामाथि संसोधन गर्दै सटही सुविधाको सीमा ५०० डलरबाट २०० डलरमा सीमित गरिएको हो ।