काठमाण्डौ । वैदेशिक रोजगारका लागि पुुनः श्रम स्वीकृति खुुलेको छ।

कोरोना भाइरसको कारण स्थगन भएको श्रम स्वीकृति नेपाल सरकार मन्त्रिपरिषद् गत असार १५ गते बसेको बैठकले पुुनः श्रम स्वीकृति खुुला गरेको हो। बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड १९ र स्वास्थ्य प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारमा जान दिने भएको श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले जनाएको छ। 

करार अवधि समाप्त भई पुुनः करार नवीकरण गरेका र भिसााको समेत म्यादथप भएको व्यक्तिले आवश्यक कागजातहरुसहित निवेदन दिएमा कोभिड १९ परीक्षण र स्वास्थ्य प्रोटोकलसमेतको आधारमा पुुनः श्रम स्वीकृति जारी हुुने मन्त्रालयले जनाएको छ।