काठमाण्डौ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ करिब ४२ प्रतिशतले फड्को मारेको छ । 

कम्पनीले यो अवधिमा २ करोड ६५ लाख बढी खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको यस्तो नाफा १ करोड ८४ लाखमा सीमित थियो । 

कम्पनीको संचालन मुनाफातर्फ पनि करिब ४२ प्रतिशतकै प्रगति देखिएको छ । 

व्यवसाय बिस्तारमा आक्रामक बनेका कारण खूद ब्याज आम्दानीतर्फ पनि राम्रो बढोत्तरी भएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा ३ करोड ७० लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ५ करोड ८२ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीले ५० करोड ८३ लाख निक्षेप संकलन गरी तथा ७९ करोड १४ लाख बढी सापटी लिई १ अर्ब ४६ करोड बढी कर्जा परिचालन गरेको छ । 

अघिल्लो आर्थिक वर्षको यही अवधिमा ३५ करोड २० लाख निक्षेप संकलन गरी तथा ५७ करोड बढी सापटी लिई १ अर्ब ३ करोड बढी कर्जा परिचालन गरेको थियो ।

कम्पनीले अघिल्लो वर्षको तुलनामा रिजर्बतर्फ ७० प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४ करोड ४४ लाखमा सीमित रिजर्ब बढेर यो वर्ष ७ करोड ५५ लाखको उचाईमा पुगेको हो । 

वोमीले अघिल्लो वर्ष ०.८४ प्रतिशतमा रहेको खराब कर्जालाई घटाएर यो वर्ष ०.७३ प्रतिशतमा झारेको छ । 

अघिल्लो वर्ष यही अवधिमा ४७.५६ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर ५१.९४ रुपैयाँ पुगेको छ । 

यसैगरी, प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात २१.८३ गुणा कायम भएको छ ।