काठमाण्डौ । वोमी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले सेयरधनीलाई २५ प्रतिशतको दरले नगद लाभांश वितरणको घोषणा गरेको छ । 

कम्पनीको साउन २९ गते बसेको १०८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट जारी सेयर पूँजीको २५ प्रतिशतको दरले हुन आउने २ करोड ५२ लाख ७२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरणको निर्णय गरेको हो ।

यो निर्णय नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।