काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा वोमी माइक्रोफाइनान्सले निकै राम्रो प्रगति गरेको छ । 

यो कम्पनीले आफ्ना सबै सूचकमा गत वर्षको यही अवधिको तुलनामा राम्रो प्रगति गरेको हो । 

अघिल्लो वर्ष यही अवधिका २ करोड ९५ लाखमा सीमित खूद नाफालाई वोमीले सुधार गरी समीक्षा अवधिमा ४ करोड ४८ लाखको उचाई चुमाएको छ । 

यसैगरी, ४ करोड ५० लाखमा सीमित संचालन मुनाफा बढेर ७ करोड ४ लाख पुगेको छ भने ५ करोड ९४ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ९ करोड २ लाखको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा वोमीले ५६ करोड २३ लाख निक्षेप संकलन गरी तथा ९३ करोड सापटी लिई १ अर्ब ६७ करोड कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्षको तुलनामा निक्षेप, सापटी र कर्जातर्फ ३९.६३, ३४.३१ र ४४.९० प्रतिशतले बढेको देखिएको छ । 

अघिल्लो वर्ष यही अवधिमा ५ करोड ४७ लाखमा सीमित रिजर्ब बढेर ९ करोड ४१ लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष यही अवधिमा ०.७६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर ०.७० प्रतिशतका झरेको छ भने ५०.६० रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर ५९.१६ रुपैयाँको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा वोमीको प्रतिसेयर नेटवर्थ १९३.१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.०७ गुणा कायम भएको छ ।