काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति गरेको छ । 

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा ५८.५१ प्रतिशतले बढाउँदै ४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

संस्थाले सञ्चालन मुनाफाबापत ६ करोड ६० लाख रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड १२ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ९ करोड ६९ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ५ करोड ८२ लाख रुपैयाँ रहेको थियो । 

दोस्रो त्रैमासमा संस्थाले ७८ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ५० करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

संस्थाले रिजर्भको आकार ११०.८७ प्रतिशतले बढाएको छ । गत वर्ष ७ करोड ५५ लाख रुपैयाँ रहेको रिजर्भमा समीक्षा अवधिमा बढेर १५ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमासमा संस्थाको चुक्तापुँजी २५ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी १० करोड १० लाख रुपैयाँ थियो ।

वार्षिकीकृत संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २७.४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३४.४५ रहेको छ ।