काठमाण्डौ । वोमी माइक्रोफाइनान्सले लगानीकर्तालाई दिने भनी घोषणा गरेको लाभांश दरमा संसोधन गरेको छ । 

वोमी लघुवित्तको पुस २० गते सम्पन्न संचालक समितिको बैठकले सेयरधनीहरुलाई २५ करोड २५ लाख ७६ हजार चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लाभांशको यो प्रस्तावसहित नेपाल राष्ट्रबैंकमा वित्तीय विवरण स्वीकृतार्थ पेश भएकोमा २०७६ असार मसान्तसम्म कायम भएको चुक्तापूँजी १० करोड १० लाख ८८ हजारमा आधारित भई खूद नाफाबाट ग्राहक संरक्षणकोषमा रकम छुट्याई वार्षिक विवरण प्रकाशन गर्न निर्देशनसहित आर्थिक वर्ष २०७५ ७६ को वार्षिक वित्तीय विवरण प्रकाशित गर्ने सहमतिपत्र प्रदान गरेपछि घोषित लाभांश दरमा संसोधन भएको हो । 

यस वित्तीय संस्थाले यसअघि हाल कायम चुक्तापूँजीमा(हकप्रद सेयरबाट थप भएको सेयर पूँजी तथा साविक नागरिक लघुवित्त वित्तीय संस्था मर्जर भएपछि थप हुन आएको सेयर पूँजी समेत) आधारित भई बाँडफाँड गर्ने भनिएको लाभांश रकम नेपाल राष्टबैंकको सो निर्देशन बमोजिम छुट्याउँदा अपुग हुन जाने हुँदा आर्थिक वर्ष २०७५ ७६ को खूद मुनाफाबाट २०७६ असार मसान्तसम्म कायम  चुक्तापूँजी १० करोड १० लाख ८८ हजारको २५ प्रतिशतका दरले बोनससेयर तथा १.३१६ प्रतिशतका दरले नगद लाभांश(बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक) वितरणको निर्णय गरिएको बताइएको छ । 

यही लाभांश वितरवण गर्ने प्रयोजनका लागि आगामी साधारणसभामा स्वीकृतार्थ पेश गर्ने फागुन २७ गते बसेको संचालक समितिको बैठकले निर्णय गरेको हो ।

यो निर्णयपछि अब वोमी माइक्रोफाइनान्सले २०७६असार  मसान्तको चुक्तापूँजीको आधारमा ग्राहक संरक्षणकोषमा रकम छुट्याई हाल कायम चुक्तापूँजी रु. २५ करोड २५ लाख ७६ हजारको आधारमा लाभांश सेयरधनीहरुलाई वितरण गर्नेछ ।