काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमीटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ ।

वोमी लघुवित्तले निष्कासन गरेको प्रतिकित्ता रु. १०० रुपैयाँ अंकित दरका १० लाख १० हजार ८८० कित्ता हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम अवसर हो । सतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर  २० करोड २१ लाख ७६ हजारको उचाईमा पुग्नेछ ।

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ।

यो कम्पनीको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड फोर प्लसको रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्था औसतभन्दा कमजोर छ भन्ने हो । तर, समूह फोरभन्दा फोर प्लसको रेटिङले तुलनात्मक रुपमा सकारात्मक अवस्थालाई जनाउँछ ।

कम्पनीले हकप्रद सेयरका लागि गत असार २७ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ असार २६ गतेभित्र यो कम्पनीको सेयर खरीद गरी सेयरधनी कायम भएकाहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन्।

वोमी माइक्रोफाइनान्स नागरिक लघुवित्त वित्तीय संस्था लिमीटेडसँग मर्जरको प्रक्रियामा छ ।