काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना लगानीकर्ताका लागि बोनस र नगद लाभांशको डबल अफर प्रस्ताव गरेको छ । 

कम्पनीको आइतबार दिउँसो बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र बोनस तथा नगद लाभांशमा लाग्ने करसहित ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्ताव गरेअनुसार भयो भने कम्पनीले ५ करोड ५ लाख १५ हजार बढीको बोनस सेयर वितरण गर्नुपर्ने हुन्छ भने १ करोड ५१ लाख ५४ हजार बढी नगद लाभांशको रुपमा बाँड्नुपर्ने हुन्छ । हाल यो कम्पनीको चुक्तापूँजी २५ करोड २५ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।