काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा चितवनको सौराहामा आयोजना गरिएको दुई दिने राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ  । 

श्रावण २५ र २६ गते सम्पन्न उक्त कार्यक्रमको समुदघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले गरेका थिए । 

कम्पनीले तोकेको व्यवसायिक लक्ष्य पूरा गरेका देशभरिका ११५ जना अभिकर्ता र एजेन्सी मेनेजरहरुको सहभागिता रहेको उक्त सम्मान कार्यक्रममा व्यक्तिगत अभिकर्ता र एजेन्सी मेनेजरहरु मध्ये उत्कृष्ट १५ १५ जनालाई विशेष सम्मान गरिएको थियो । 

कार्यक्रमको दोस्रो दिन नेतृत्व विकास र व्यवसाय वृद्धि सम्बन्धी उत्प्रेरणात्मक तालिम ट्रेनर शोभा खरेलले प्रदान गरेका थिए । 

२०७६ असार मसान्तसम्ममा कम्पनीले ४७ वटा शाखा र उपशाखा र २५ करोड भन्दा बढी बीमा शुल्क संकलन गरेको छ । 

यो आर्थिक वर्षभित्र कम्पनीले थप ५० वटा शाखा र उपशाखा खोली १ अर्ब भन्दा बढी बीमा शुल्क संकलन गर्ने लक्ष्य राखेको छ । 

कम्पनीले छिट्टै प्रविधिमा आधारित टेबलेट इन्सुरेन्सको कार्यक्रम संचालन गर्न गईरहेको जनाएको छ ।