-चन्द्रकान्त खनाल
रुपन्देही । पाँच वर्ष पहिला सुरु भएको नेपालकै पहिलो व्यापारिक मार्ग बेलहिया–बुटवल छ लेन सडकखण्डको निर्माण कार्यमा ढिलाई गर्ने ठेकेदार कारबाहीमा परेका छन् ।

समयमै काम नसकेपछि  सडकको ठेक्का लिएका दुई कम्पनीलाई जरीवाना तिराइएको हो । 

कालिका तामाङ प्यासिफीक र अल्कापुरी निर्माण सेवा जरीवानाको कारबाहीमा परेका हुन् ।

कालिका तामाङ प्यासिफीकलाई ३ करोड ९४ लाख  र अल्कापुरी निर्माण सेवालाई ५९ हजार जरीवाना गरेको व्यापारिक मार्ग निर्माण योजनाका ईञ्जिनियर योगेन्द्रबहादुर अधिकारीले बताए ।

२०६९ सालमा सुरु भएको यो सडकको काम अहिलेसम्म भौतिक प्रगति ८२ र आर्थिक प्रगति ७६ प्रतिशत भएको छ । अहिलेसम्म  सडकमा  ४ अर्ब ४६ करोड खर्च भएको अधिकारीले बताए । कुल २४ किलोमिटर दूरी रहेको भए पनिपछि बुटबलको तीन किलोमिटर थप गरिएको बुटवल–बेलहिया सडकखण्ड नेपालकै नमूना मार्ग बेलहिया–बुटवल मार्ग भएको सरकारले जनाएको छ।

नेपाल सरकारको आफ्नै बजेट तथा सक्रियतामा सुरु भएका व्यापारिक सडकमध्येका यसलाई तोकिएकै समयमा सम्पन्न गर्ने तथा नेपालकै उत्कृष्ट सडकका रूपमा अगाडि बढाएको योजना  रहेको ईन्जिीनियर अधिकारीले बताए । यो  सडक २०७५ चैत्र भित्र सम्पन्न हुने  अधिकारीले बताए ।