काठमाण्डौ । अब पोखरा र दमौलीमा रहेका एनसेलका सबै ग्राहकले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन(एलटिई) सेवाको लाभ लिन सक्ने भएका छन् । 

एनसेल प्राइभेट लिमिटेडले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउँदै ‛डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने आफ्नो योजना अनुसार पश्चिमका दुई सहरहरु पोखरा र दमौलीमा सेवा विस्तार गरेको हो । कम्पनीले शनिबार (असार १७)देखि यी सहरहरुमा फोरजी सेवाको आधिकारिक रुपमा लञ्च गर्दैछ । 

“आफ्नो वाचा अनुरुप तदारुकताका साथ फोरजी सेवा विस्तार गर्दै देशलाई नयाँ प्रविधि अंगीकारमा समकालिन विश्वसँग उभ्याउन तथा ग्राहकलाई नयाँ प्रविधिका विविध लाभहरु प्रदान गर्न एनसेल प्रतिबद्घ छ । पहिला घोषणा गरे अनुरुप पोखरा र दमौलीमा सेवा विस्तार गर्न पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने ।

पोखरा र दमौलीमा फोरजी सेवाको विस्तारसँगै, फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल प्रयोग गर्ने एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रत गतिको ब्रोडब्याण्ड सेवाको मजा लिन सक्नेछन् । अझै फोरजी सिम नलिएका ग्राहकले फोरजी सेवाको लाभ लिनका लागि आफूूले प्रयोग गरिरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् र नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गरी उच्च गतिको मोबाइल ब्रोडव्याण्ड सेवाको पहुँचबाट फाइदा लिन सक्नेछन् ।  

पोखरा र दमौलीमा आफ्नो फोरजी सेवा आधिकारीक  रुपमा संचालनमा ल्याएको अबसरमा, आफ्नो फोरजी सिम राखी डेटा सेवा प्रयोग गर्ने ग्राहकलाई एनसेलले योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न÷डाउनलोड गर्न सकिने सेवा प्रदान गर्दैछ । 

ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथ(साथै ३० दिनसम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक दुई करोडभन्दा बढी नेपाली र अन्तराष्ट्रिय गीतहरु रहेको एक बृहत डिजिटल म्युजिक लाइब्रेरी हो ।  एनसेलका ग्राहकले अंग्रेजीमा ‛क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम कुन प्रकारको हो भन्ने बारेमा जानकारी लिन सक्छन् ।

एनसेलले प्रविधि तटस्थताको अनुमति पाएपश्चात पहिलो चरण अन्र्तगत ग्राहकहरुले लामो समयदेखि प्रतिक्षा गरीरहेको फोरजी सेवा गत जेठ १८ देखि काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा शुरु गरेको थियो । कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा १५ सहरहरुमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य राखेको छ र देशका विभिन्न सहरहरुमा पनि यो सेवा विस्तारका लागि नेटवर्क परीक्षण गरिरहेको छ । फोरजी प्रविधिले अझ उच्च गतिको मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै नयाँ व्यवसायीक अवसरहरुको सिर्जना गर्दछ र ग्राहकलाई पनि सेवा प्रयोगकोे राम्रो अनुभव प्रदान गर्दछ । 

“पोखरा र दमौलीमा फोरजी सेवाको संचालनसँगै  देशको १०.३ प्रतिशत जनसंख्याको माझमा हाम्रो उच्च गतिको मोवाइल ब्रोडब्याण्ड सेवा पुग्नेछ । यसका साथै, ग्रामिण र दुर्गम स्थानहरुलाई ध्यानमा राखी सन् २०१८ भित्र थ्रिजी सेवाको कभरेज दोब्बर बनाउदै देशको कुल जनसंख्याको ६० प्रतिशतमा पु¥याउन पनि काम भईरहेको छ,” शर्माले भने ।

फोरजी सेवामा पहुँच विस्तार गर्नका निमित्त एनसेलले सन् २०१८ भित्रै देशको ४० सहरहरुमा फोरजी सेवा पुर्याउने योजनाअनुसार काम गरिरहेको छ । फोरजी/एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् । 

‘‘राष्ट्रिय ब्रोडव्याण्ड नीतिले लिएका लक्ष्यहरु प्राप्तिमा योगदान गर्न हामी देशका विभिन्न भागमा क्रमशः फोरजी/एलटिई सेवामा पहुँच सुनिश्चित गर्दै जाने छौै,’’ शर्माले भने । 

राष्ट्रिय ब्रोडव्याण्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँ विकास समितिहरुमा ब्रोडव्याण्ड सेवा पुर्याउने लक्ष्य राखेको छ । 

फोरजी/एलटिई सेवाको सुरुवात सँगै-सँगै एनसेलले हालै आकर्षक साप्ताहिक कम्बो प्याक ‘वान प्लान’ ल्याएको छ, जसअन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा आकर्षक डेटा, भ्वाइस, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याकमार्फत लिन सक्छन् ।  ग्राहकले आफ्नो आवश्यकता अनुसार रु १५०, रु ३०० र रु ५०० को प्याक खरिद गरि आकर्षक डेटा, टक टाइम र एसएमएसको फाइदा लिन सक्छन् । यसबाहेक कम्पनीले चाँडै नै आकर्षक अफरहरु तथा निःशुल्क रुपमा अनलिमिटेड भिडियोमा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने तयारी थालेको छ ।