काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थपिएका कुल कोरोना संक्रमितमध्ये काठमाण्डौ उपत्यकाका मात्रै ५९ प्रतिशत बढी रहेका छन् । 

काठमाण्डौ उपत्यकाका तीन जिल्लामा कुल थपिएकामध्ये ५९.०५३ प्रतिशत संक्रमित रहेका हुन् । 

यो दिन काठमाण्डौ जिल्लामा मात्रै ५७० कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा उपत्यकाका अन्य २ जिल्ला ललितपुरमा ५८ र भक्तपुरमा ८३ संक्रमित थपिएका छन् । यसरी उपत्यकामा मात्रै ७११ कोरोना संक्रमित थपिएका छन् । यो दिन देशभर १२०४ संक्रमित थप भएका थिए । 

उपत्यकामा मात्र होइन, देशका अन्य क्षेत्रमा समेत कोरोना संक्रमितहरु बढ्ने क्रम जारी रहेको देखिएको छ । पछिल्लो २४ घण्टामा धेरै संक्रमित फेला परेका जिल्लाहरुमा मोरंग(३३), सुनसरी(२३), बारा(१११), नवलपरासीपूर्व(४५), दाङ(२८) लगायतका जिल्ला रहेका छन् । 

यसैबीच, पछिल्लो २४ घण्टाभित्र मृत्यु भएका ११ कोरोना संक्रमितमध्ये ५ जना काठमाण्डौ उपत्यकाका छन् । देशभरबाट थपिएका मृतकमध्ये ७ महिला र ४ पुरुष छन् । 

मृत्यु हुने महिलाहरुमा मोरंग(६५ वर्षीया), रौतहट(५१), सर्लाही(५६), ललितपुर(७६ र ६८ वर्षीया), काठमाण्डौ(७७) र मकवानपुर(३७) रहेका छ । 

यस्तै, मृतक पुरुषहरुमा ललितपुर(६०), काठमाण्डौ(७५), रुपन्देही(६९) र बाँके(४५) रहेका छन् ।