काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन् ।

पूर्णिमा विकास बैंक र भार्गव विकास विकास बैंकलाई प्राप्ति गरेपछि बनेको एकीकृत बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ६ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् । उनी संस्थापक सेयरधनी हुन् ।

त्यस्तै सञ्चालक समितिका अन्य पाँच सञ्चालनमा क्रमशः थानेश्वर पौडेल, डा ताराप्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाईं र सुदर्शन गौतम छन् । पौडेल, उपाध्याय र उप्रेती संस्थापक सेयरधनी हुन् भने चापागाईं र सुदर्शन सर्वसाधारण सेयरधनी हुन् ।

पूर्णिमा र भार्गवलाई प्राप्ति गरिसकेपछि बनेको यो बैंकले गत असोज २७ गते सोमबारदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ।