काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।

बैंक सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २२ गते शुक्रबार रुपन्देहीको बुटवलस्थित एसियन भिलेज रिसोर्ट प्रालिमा आयोजना गर्ने निर्णय गरेको हो। 

सभामा साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्तिपश्चात कायम आर्थिक वर्ष २०७५/७६ सम्मको कुल सञ्चित मुनाफाबाट चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३९ करोड ३४ लाख ३५ हजार ६१८.५९ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछ। 

यसैगरी सभामा साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति गर्नुपूर्वको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५७.२२ प्रतिशत र सर्वसाधारण समूहको ४२.७८ प्रतिशत कायम गर्ने प्रस्ताव पनि अनुमोदन हुनेछ। सोहीबमोजिम सेयर स्वामित्व संरचना पनि परिवर्तन गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असार १ गतेदेखि १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुमात्र बैंकको वार्षिक साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।