काठमाण्डौ । कात्तिक  ३० गते राष्टियस्तरको लघुवित्त संस्थाको इजाजत पाएको गणपति माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले हालै तीन जिल्लाका तीन स्थानमा आफ्नो शाखा कार्यालय बिस्तार गरेको छ । 

पुस २२ गते चितवनको दाह्रेचोक–४, मुग्लिङ्ग र धादिङ्ग जिल्लाको गजुरी–१, गजुरीमा तथा  पुस २४ गते काभ्रे जिल्लाको नासिकास्थान–४, साँगामा गरी तीनवटा शाखा  कार्यालय बिस्तार गरी सेवा संचालनमा ल्याएको हो ।

शाखा कार्यालय साँगाको उद्घाटन संस्थाका संचालकहरु दिनेशलाल श्रेष्ठ र राजेशकुमार श्रेष्ठले संयुक्त  रुपमा गरेका थिए । यस्तै, शाखा कार्यालय मुग्लिङ्ग र गजुरीको उद्घाटन संस्थाका संचालक रमेन्द्र प्रधानाङ्ग र प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले गरेका थिए । 

यो संगै यस वित्तीय संस्थाको शाखा संख्या ५ (पाँच) पुगेको छ ।