काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले एकैसाथ ८ वटा शाखारहित बैंकिङ इकाई थपेको छ । 

बैंकले खोटाङ्ग, भोजपुर र डडेलधुरा मा ८ शाखारहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । 

बैंकले खोटाङ्गमा पर्ने हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

त्यससँगै डडेलधुरामा पर्ने वागेश्वर गाउँपालिकाको रुपाल र गन्यापधुरा गाउँपालिकाको बदलमा २ शाखारहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।

यसका साथै भोजपुरमा पर्ने ट्याम्के मैयुङ गाउँपालिको कोट र पाँचधारे, सदानन्द नगरपालिकाको साङपाङ र पौवाडुङ्मा गाउँपालिकाको च्याङ्ग्रेमा पनि ४ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरुमार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको छ ।

योसहित माछापुच्छ«े बैंक लिमिटेडको हालसम्म ५२ शाखारहित बैंकिङ्ग सेवा सुचारु भइसकेको बैंकले जनाएको छ । 

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । 

बैंकले नेपालमै पहिलोपटक तुरुन्त(रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखारहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११० वटा एटीएमहरु सञ्चालनमा छन् ।