काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखारहित बंैकिङ सेवा संचालनमा ल्याएको छ । 

बैंकले डडेलधुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडार अमरगढी नगरपालिका–७ स्थित पोखरामा थप २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

योसहित माछापुच्छ्रे बैंकको हालसम्म १०० शाखा रहित बंैकिङ सेवा सुचारु भईसकेको बंैकले जनाएको छ । 

ग्राहक सेवा केन्द«को रुपमा संचालित शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ । 

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकको देशभर १०१ वटा शाखा र १२२ वटा एटीएम समेत रहेका छन् ।