काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा  फागुन १४ गते आफ्नो ६८ औं शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको छ । 

बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् ।

सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं २ मा यो सँगै ४ वटा शाखा पुगिसकेको र व्यापार विस्तारलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने बताए । 

बैंकले यो साता मात्रै ४ वटा नयाँ शाखा बिस्तार गरिसकेको छ । यसले समेत शाखा बिस्तारमा यो बैंक आक्रामक रहेको देखिन्छ ।