काठमाण्डौ । सिद्धार्थ बैंकले कात्तिक १५ गते शुक्रबारका दिन काठमाडौं उपत्यकाबाहिर एकसाथ चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिरहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो । 

शाखामार्फत बैंकले सर्वसाधारण र व्यवसायीहरूमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ । 

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको हालको चुक्तापूँजीरु आठ अर्ब अठासी करोड छयहत्तर लाख चार हजार पाँच सय चालिस रहेको छ भने २०७६ आश्विन मसान्तसम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन र ११३ अर्बकर्जा लगानी गरेको छ ।

उक्त शाखा विस्तारपश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७१(४एक्स्टेन्सन् काउण्टर सहित) पुगेको छ । यसका साथै बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटीएम र १,६०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बंैैकिङ्ग सेवाप्रदानगर्दै आएको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ ।