काठमाण्डौ । आज हामी लोकसेवा उपयोगी सामग्री प्रस्तुतिको १४ औँ सातामा आइपुगेका छौँ । यो सेगमेन्टबाट हामीले थुप्रै पाठकहरुबाट राम्रा सल्लाहसुझाव पाइरहेका छौँ । विस्तारै यो सेगमेन्टलाई अझै फराकिलो पार्दै लैजाने हाम्रो योजना पनि छ ।

आजको सामग्री लक्षित हामी लोकसेवाअन्तर्गतका शाखा अधिकृत पदमा प्रवेश गर्न तयारी गरिरहनुभएकाहरुका लागि तयार गरिएको छ । आजको सामग्रीबाट तपाइँहरु पक्कै पनि लाभान्वित हुने हामीले आशा लिएका छौँ । 

समसामयिक घटनाक्रम

विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री

  • फिनल्यान्डकी सान्ना मरिन (३४ वर्षीय)
  • १० डिसेम्बर २०१९ मा सपथ ग्रहण 
  • सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको
  • प्रधानमन्त्रीको पद सम्हालेपछि मरिन विश्वकै सबैभन्दा कम उमेरकी पदासीन प्रधानमन्त्री बनेकी

६९ औँ मिस वल्र्ड २०१९ 

  • ६९ औँ मिस वल्र्ड २०१९ टोनी अन सिंहले जितिन् ।
  • उनी जमैकाकी नागरिक हुन् ।
  • १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै टोनी अन सिंहले उक्त ताज जितिकि हुन् ।
  • फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितिन् ।
  • मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले टप १२ मा पुगी ‘मिस वल्र्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड र ब्युटी विथ द पर्पोजको ताज हात पारिन्

मानव विकास प्रतिवेदन, २०१८

यूएनडीपीले २०१९ डिसेम्बर १० मा सार्वजनीक गरेको मानव विकास सुचकाङ्क प्रतिवेदन, २०१९ को पहिलो नम्बरमा नर्वे परेको छ भने प्रतिवेदनको पुच्छरमा नाइजर परेको छ । नेपालले ०.५७९ अंक सहित १४९ औं स्थान हासिल गरेको छ । 

१३ औं साग खेलकुद प्रतियोगिता

  • उदघाटन – सन् २०१९ डिसेम्बर, ०१ (२०७६ मंसिर १५)
  • सञ्चालन – सन् २०१९ डिसेम्बर ०१–१० (२०७६ मंसिर १५–२४)
  • आयोजना – काठमाण्डौ, पोखरा, जनकपुर,
  • आयोजक – नेपाल (तेस्रो पटक)
  • मस्कट – कृष्णसार
  • उद्घाटन समारोह – काठमाण्डौ, दशरथ रंगशाला (विद्यादेवी भण्डारी)
  • समापन समारोह स्थल – काठमाण्डौ, दशरथ रंगशाला
  • खेल संख्या – २८ वटा
  • नेपाललाई पहिलो पदक – चञ्चला दनुवार (रजत)
  • नेपाललाई पहिलो स्वर्ण – मण्डेकाजि श्रेष्ठ
  • सहभागी खेलाडी – २७१५ जना
  • एउटै खेलमा धेरै स्वर्ण पदक बिजेता– गौरिका सिंह (४ स्वर्ण)
  • आगामी १४ औ सागको आयोजना – पाकिस्तान

लेखक : तिलाचन सापकोटा

नमुनापत्र हल गर्नुहोस् –