काठमाण्डौ । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले एकसाथ तीन ठाउँमा शाखा बिस्तार गरेको छ। 

यो बैंकले चैत ७ र ८ गते नवलपरासीको रजहर, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आफ्ना शाखा उद्घाटनसँगै सेवा संचालनमा ल्याएको हो । बैंकका अनुसार चैत ७ गते रजहर र बुटवल तथा ८ गते कोहलपुरको शाखा उद्घाटन गरिएको थियो । 

रजहर शाखाको उद्घाटन देबचुली उद्योग बाणिज्य संघका अध्यक्ष धर्मराज बस्याल र बैंक संचालक समितिका अध्यक्ष प्रा.डा पुष्पराज कंडेलले संयुक्त रुपमा गरेका थिए । यस्तै, बुटवल शाखाको समुद्घाटन उद्योग बाणिज्य संघका केन्दि«य सदस्य शंकर श्रेष्ठ र बैँकका अध्यक्ष कँडेलले संयुक्त रुपमा गरेका थिए । 

मंगलबार कोहलपुर शाखाको उद्घाटन भने प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, नेपाल राष्ट्रबैंक, क्षेत्रीय कार्यालय, नेपालगञ्जका निर्देशक गुरुप्रसाद पौडेल र बैँकका अध्यक्ष कंडेलले संयुक्त रुपमा रिबन काटेर गरेका थिए । तीनवटा शाखासँगै अब टुरिजम डेभलपमेन्ट बैंकको शाखा सञ्जाल २९ वटा पुुगेको छ भने एउटा एक्सटेन्स काउण्टरबाट समेत बैकिंग सेवा प्रवाह गरिरहेको छ ।