काठमाण्डौ । बैकिंग पहुँच बिस्तारमा नेपालका बैंक तथा बित्तीय संस्थाहरु आक्रामक रुपमा लागेका देखिएको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ को समीक्षा रिपोर्टमा यस्तो देखिएको हो । 

बैंक तथा बित्तीय संस्थाहरुको बिस्तार हुने आक्रामक रणनीतिकै कारण एकवर्षर्म देशभर ती संस्थाका ७९६ वटा शाखा थपिएका छन् । 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल २०७३ असार मसान्तमा ४२७२ रहेकोमा २०७४ असार मसान्तमा ५०६८ पुगेको राष्ट्रबैंकले जनाएको हो ।

निक्षेप र कर्जा परिचालनमा वृद्धि

काठमाण्डौ । आर्थिक वर्ष २०७३ ७४ मा बैंक तथा बित्तीय संस्थाहरुले परिचालन गर्ने निक्षेप र कर्जामै वृद्धि भएको छ । यो अवधिमा निक्षेपमा १४ प्रतिशत तथा कर्जा परिचालनमा १८.२ प्रतिशतले वृद्धि भएको हो । 

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १९.४ प्रतिशतले बढेको थियो । २०७४ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, ३५.४ प्रतिशत र ४३.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ९.१ प्रतिशत, ४३.३ प्रतिशत र ३०.५ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १८.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २३.७ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २५ प्रतिशतले बढेको छ भने विकास बैंक र वित्त कम्पनीहरुको क्रमशः १३.७ प्रतिशत र १३.३ प्रतिशतले घटेको छ ।

समीक्षा वर्षमा कृषि क्षेत्रतर्फको कर्जा १४.३ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.४ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा १६ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १६.१ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा २३.३ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २५.२ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७४ मा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.८ प्रतिशत र १५.२ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा हायर पर्चेज कर्जा ३५.६ प्रतिशतकोउल्लेख्य दरलेर ओभरड्राफ्ट कर्जा २२.१ प्रतिशतले बढेको छ । यसैगरी रु. १ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा १७.५ प्रतिशत र रियल स्टेट कर्जा १६.५ प्रतिशतले बढेको छ । 

समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनसँग विस्तृत मुद्राप्रदाय र कुल निक्षेपको अनुपात केही घटेको छ भने कर्जा तथा लगानी र निजी क्षेत्रतर्पmको दावीको अनुपात अघिल्लो वर्षको तुलनामा बढेको केन्द्रीय बैंकले उल्लेख गरेको छ । 

ब्याजदर 
२०७३ असारमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.०५ प्रतिशत रहेकोमा २०७४ असारमा ०.७१ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७३ असारको ०.६९ प्रतिशतको तुलनामा २०७४ असारमा ०.६४ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर वृद्धि भई २०७३ असारको ३.२५ प्रतिशतको तुलनामा २०७४ असारमा ४.४७ प्रतिशत पुगेको छ । टठ। २०७४ असारमा वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असारमा यस्तो ब्याजदर अन्तर ५.६ प्रतिशत रहेको थियो । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ असारको ६.५ प्रतिशतको तुलनामा २०७४ असारमा ९.९ प्रतिशत कायम हुन आएको छ ।

१११ संस्थाको इजाजत खारेज
यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गरे पश्चात् २०७४ असार मसान्तसम्म कुल १५० वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १११ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ३९ संस्था कायम भएका छन्। टढ। २०७४ असारसम्ममा समस्याग्रस्त घोषणा गरिएका १६ वटा बैंक तथा वित्तीय संस्थाहरुमध्ये ७ वटाको रिजोलुसन प्रक्रिया सम्पन्न भएको छ । जसमध्ये २ वटा संस्था जनरल फाइनान्स लि. र अरुण फाइनान्स लि. समस्याग्रस्तबाट हटी सामान्य रुपमा संचालनमा आइसकेका छन् । हाल कायम रहेका ९ वटा समस्याग्रस्त संस्थाहरुमध्ये ६ वटाको शेयर स्वामित्व हस्तान्तरणको प्रक्रियामा रहेको छ । अर्को एउटाको शेयर स्वामित्व हस्तान्तरणको लागि छलफल भइरहेको छ । बाँकी २ वटा संस्थाको भने मुद्दा अदालतमा विचाराधीन छ ।

मर्जर तथा प्राप्तिको परिणामस्वरुप यस बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७४ असार मसान्तमा १४९ रहेको छ। यस अनुसार २०७४ असार मसान्तमा २८ वाणिज्य बैंक, ४० विकास बैंक, २८ वित्त कम्पनी र ५३ लघुवित्त संस्थाहरु संचालनमा रहेका छन् ।