काठमाण्डौ । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभू बैंकले बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिकामा १ र कास्की जिल्लाको 

माछापुच्छे« गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय शुक्रबारदेखि एकसाथ सञ्चालनमा ल्याएको छ । 

बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिका वडा नं. २ स्थित बैंकको बरेङ्ग शाखा बरेङ्ग गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माबाट एक समारोहका बीच उद्घाटन भएको हो । यसैगरी, कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका वडा नं. ४ स्थित माछापुच्छे«े शाखा माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष  सुष्माकुमारी दबाडीबाट उद्घाटन भएको बैंकले जनाएको छ । 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको सहभागिता थियो ।