काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर चैत १३ गतेदेखि बिक्री खुला गरिने भएको छ। 

कम्पनीले १ः०.३ अनुपात अर्थात चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुला गर्नेछ। 

हकप्रद निष्कासनका लागि कम्पनीले फागुन १३ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसको मतलब कम्पनीको हकप्रद खरिदका लागि फागुन १२ गतेभित्र सेयर किनेर सेयरधनी कायम भएकाहरु योग्य हुनेछन्।

हकप्रद खरिदका लागि आवेदन दिने अन्तिम दिन २०७७ वैशाख ३ गते रहेको छ। 

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ। हकप्रदपछि चुक्तापूँजी बढेर १ अर्ब ३६ करोडको उचाईमा पुग्नेछ। 

इक्रा नेपालले यो कम्पनीले निश्कासन गर्न लागेको हकप्रदलाई आइपीओ ग्रेड थ्री प्लसको रेटिङ दिएको छ। यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसत छ भन्ने हो।