काठमाण्डौ । शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओ सबै बिक्री भएको छ । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबारसम्ममा यो कम्पनीको आइपीओमा ४३ हजार ८४५ आवेदकबाट४२ लाख ९८ हजार ९६० कित्ता खरीदका लागि आवेदन परेको हो । 

शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँ र आयोजना प्रभावितका लागि २०० रुपैयाँको दरले आइपीओ निश्कासन गरेको छ ।  

यो कम्पनीले सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।

आयोजना प्रभावित मकवानपुरबासीका लागि प्रतिकित्ता २०० रुपैयाँको दरले ५ लाख ७९ हजार ६४० कित्ता निश्कासन गरेको छ। आयोजना प्रभावितका लागि निश्कासित आइपीओमा ६६६ जनाले ३ लाख ३० हजार १४० कित्ताका लागि आवेदन दिएका छन् । 

आयोजना प्रभावितका लागि छुट्याइएको सबै कित्ता बिक्री नभएसम्म आवेदन खुल्लै रहने बिक्री प्रबन्धकले जनाएको छ । आइपीओमा ढिलोमा चैत ५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड थ्री प्लस’को रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत छ भन्ने देखाउँछ ।