काठमाण्डौ । शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओमा करिब ४० लाख कित्ता खरीदका लागि आवेदन परेको छ । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार अपरान्ह ४ बजे उपलब्ध गराएको तथ्यांक हो यो । 

बिक्री प्रबन्धकका अनुसार १ अर्ब २० करोड रुपैयाँको हाराहारीमा आवेदन परेको छ । 

अब कम्पनीको आइपीओ सर्वसाधारणतर्फ १ लाख २० हजार कित्ता मात्र बिक्री हुन बाँकी रहेको छ । 

शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँ र आयोजना प्रभावितका लागि २०० रुपैयाँको दरले आइपीओ निश्कासन गरेको छ ।  

यो कम्पनीले सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।

आयोजना प्रभावित मकवानपुरबासीका लागि प्रतिकित्ता २०० रुपैयाँको दरले ५ लाख ७९ हजार ६४० कित्ता निश्कासन गरेको छ। 

आइपीओमा ढिलोमा चैत ५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड थ्री प्लस’को रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत छ भन्ने देखाउँछ ।